ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गर्मी मौसम सुरु भएसँगै विभिन्नसंक्रामक रोगका बिरामी बढ्दै

सेयर गर्नुहोस
  • 16
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं,फागुन २५ । मौसम परिवर्तनसँगै अस्पतालहरुमा विभिन्न किसिमका रोगका बिरामीको संख्या बढ्न थालेको छ । कोरोनाका कारण एकबर्ष अन्य विरामीको संख्या न्यून रहेपनि अहिले बढन थालेपछि ब्यवस्थापनमा समस्या हुन थालेको छ ।

चिसो मौसम सकिएर गर्मी मौसम सुरु भएसँगै विभिन्न भाइरस तथा ब्याक्टेरिया बढी सक्रिय हुने भएकोले यो मौसममा बढिसरुवा रोगको संक्रमण बढ्ने गर्छ ।यो मौसममा विशेष गरि झाडापखला,पेटमा हुने संक्रमण,मौसमी ज्वरो,टाइफाइट,डेंगी,मलेरीया,जन्डिस,रक्तचाप लगायत रोगका बिरामिको संख्या बढ्ने गरेको चिकित्सकहरु बताउछन ।

अहिल पनि कोरोना महामारी कायमै रहेकोले गर्मी र जाडो दुवै मौसममा संक्रमणको जोखिम रहने हुदा सावधानी अपनाउनुपर्ने विर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाको भनाइ छ ।

गर्मी मौसममा लाग्ने विभिन्न रोगबाट बच्नका लागि सन्तुलीत आहार विहार तथा सरसफाइमा ध्यान दिनुपर्ने डा ढुंगानाले बताए।

गर्मी मौसम शुरुभएसँगै अस्पतालमा विरामीको चाप बढ्दा उपचार सेवा समेत प्रभावित हुन थालेको छ ।भने उपचारका लागी अस्पताल आएका बिरामीहरुले पनि सहज रुपमा स्वास्थ्य सेवा पाउन नसकेको तारा बहादुर लामिछानेले बताए ।

एक बर्ष अगाडिबाट कोरोना माहामारीले अस्तब्यस्त बनाएपछी अस्पतालहरुमा बिरामीको चाप घटेको थियो । एक बर्ष पछी अहिले अस्पतालहरुमा बिरामीको चाप बढ्नुका साथै अस्पतालहरु पुरानै लयमा फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *