देशभर ५९जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,फागुन २५। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको प्रेस ब्रिफीङमा प्रा डा जागेश्वर गौतमका अनुशार देशभरका विभिन्न प्रयोगशालामा गरीएको २ हजार ७ सय १५ वटा नमुना परीक्षण गरीएकोमा देशभर ५९ जनामा संक्रमण पुष्टि भएको छ ।हालसम्म कोरोना संक्रमण हुने संख्या २ लाख ७५ हजार ५ सय ४ रहेको छ ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुने संख्या ३ हजार १२ रहेको छ । गत चौबीस घण्टामा देशभरबाट ६० जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ९ सय ८७ जना रहेका छन् । हालसम्म कोरोना निको हुने प्रतिशत ९८ दशमलव ६ रहेको छ ।देशभर क्वारेन्टिनमा ५६ जना र संक्रिय संक्रमित ८ सय ७० जना रहेका छन् ।