ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कानुन नवन्दा यो बर्षको एसईई पनि केन्द्रलले लिने, जेष्ठ १३ बाट हुने गरि परिक्षाको मिति सार्वजनीक

काठमाडौं फागुन २५ । राज्यको पुन: संरचना पश्चात कक्षा १०को एसईई परिक्षा प्रदेश स्तरमा हुने र कक्षा १२ को परिक्षा राष्ट्रिय परिक्षा वोर्डले गर्ने जनाइएको छ । तर संघियता स्थापना पश्चातको यति लामो समयसम्म पनि केन्द्रले नै परिक्षाको मिति तोकेको छ ।

राष्ट्रिय परिक्षा वोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने गरी परिक्षाको मिति तोकेको छ । सरकारले आवस्यक कानुन नबनाउदाँ प्रादेशिक संरचानाहरु काम बिहिन छन् भने केन्द्रमा त्यसको चाप बढेको छ ।

संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ । गत माघ २६ मा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनःबोर्डले नै लिने निर्णय गरेको थियो ।

गत वर्ष कोभिड-१९ को महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो । मुलुक संघीयतामा गएपछि एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीद लगायत सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *