ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्दै निर्वाचन आयोग

२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ-आफ्नो नाम तथा आधिकारिक चुनाव चिह्नका लागि पत्राचार गर्ने तयारी गरेको छ ।

निर्वाचनका आयोगका अनुसार नेकपा एमाले र माओवादी केन्द्रलाई आजै पत्राचार गर्ने तयारीमा आयोग जुटेको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेसंगै नेकपा एमाले र माओवादी केन्द्र अलग भएका छन् ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो । नेकपा नामको पार्टी आफ्नो नेतृत्वमा पहिल्यै निर्वाचन आयोगमा दर्ता भएको भन्दै कट्टेल सर्वोच्चमा पुगेका थिए ।

सोमबार अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा भएकाले पत्राचार गर्न नपाएको आयोगले आज दुवै पक्षलाई पत्रचार गर्ने तयारीमा जुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *