ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चेल्सीको सहज जीत

लण्डन क्लब चेल्सीले एभरटनलाई २-० ले पराजित गरेको छ । एभरटनको आत्मघाती गोल र पेनाल्टी गोलको मद्दतमा चेल्सीले एभरटनलाई पराजित गरेको हो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा एभरटनका बेन गोडफ्रेले ३१औं मिनेटमा आत्मघाती गोल गर्दा चेल्सीले अग्रता लिएको थियो भने चेल्सीका लागि जर्जिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।

एभरटनका गोलकिपर जोर्डन पिकफोर्डले पेनाल्टी क्षेत्रमा काऐ हाभार्टलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा जर्जिन्होले गोल गरे ।

जितपछि चेल्सी २८ खेलबाट ५० अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । २७ खेलबाट ४६ अंक रहेको एभरटन छैटौं स्थानमा छ ।

यस्तै अर्को खेलमा वेष्टहमले लिड्स युनाइटेडलाई २-० ले पराजित गरेको छ । वेष्टहमका लागि जेस लिनगार्डले २१औं र क्रेग डवसनले २८औं मिनेटमा गोल गरे ।

जितपछि २७ खेलबाट ४८ अंक जोड्दै वेष्टहम पाँचौ स्थानमा उक्लेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *