ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन गरेको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका चार उपप्राध्यापकको राजीनामा

सुर्खेत, फागुन २५ ।प्रवेश परिक्षको विषयमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा भएको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार जना उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् ।

फागुन १७-१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/०७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन हुने गरी प्रश्न उठाएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले आइतबार राजीनामा दिएका हुन् ।

बीएएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरूले रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *