ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अझै अन्योलमा कांग्रेस

काठमाडौं फागुन २५ ।  नेकपा औपचारीक फुटको घोषणा भएपछिमात्र के गर्ने भन्ने ठोस रणनीति बनाउने भने कांग्रेस अझै अन्योलनमा देखिन्छ । सर्वोच्च अदालतको फैसलाले नै पुर्ववत नेकपा एमाले र माओवादी केन्द्र भनेर विभक्त गरेपनि कांग्रेसले ठोस निर्णय लिइसकेको छैन । सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री ओलीको सरकार संविधानको धारा ७६ (२) अर्थात संयुक्त सरकारमा परिणत भएको छ ।

पूर्व एमालेका सांसदहरु एमालेमा नै फर्कने र माओवादी केन्द्रका सांसदको निर्णय आइनसकेका कारण पनि प्रधानमन्त्रीलाई हटाउने विषय केही ग्राहो देखिन्छ । जसमा जसपाले सहयोग गरेमात्र पनि प्रधानमन्त्रीमा केपी ओली कायम रहने भएकाले काँग्रेसले सोचविचार गरेरमात्र निर्णय गर्ने सहमहामन्त्री प्रकाशशरण महतको भनाई छ ।

सर्वोच्चको आदेशपछि फागुन २३ गते बसेको संसद बैठक अवरुध गरेको प्रतिपक्षी कांग्रेसले अवको रणनीति कस्तो पार्ने हो त्यो हेर्न बाकीं नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *