ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मोटोपनले निम्त्याउन सक्छ यस्ता जटिल रोग

काठमाडौं,फागुन २४। पहिले-पहिले मोटाउनुलाई निकै राम्रो  मानिन्थ्यो। पछिल्लो समय मोटाउनु मानिसका लागि अभिसाप बन्न थालेको छ। मानिस निरन्तर मोटाउँदै जाँदा शरीरमा विभिन्न प्रकारका रोग लाग्ने सम्भावना पनि त्यति नै बढेर जान्छ। मोटोपना भनेको शरीरको तौल बढ्नु हो । नेपालीमा मोटोपना विशेष गरेर शरीरभरि भन्दा पनि पेटमा बढेको देखिन्छ।  अस्वास्यकर खानपानको उपहार हो मोटोपना र पेटको बोसो । अस्वस्थकर खानपानले कयौं प्राणघातक रोग निम्त्याउन गर्छ ।

मोटोपना हुने कारण ?

अस्वस्थ खानपान– बढी चिल्लो र बोसोयुक्त खानपिन ,विलाशी जिवन,शारीरिक व्यायाममा कमि ,धूमपान र मध्यपान सेवन,रगतमा नराम्रो बोसो (कोलेस्टेरोल) को मात्र बढ्नु, थाइरोइड जस्ता रोग लागेको अवस्था। 

मोटोपनाका बाट लाग्ने रोगहरु? 

उच्च रक्तचाप ,हृदयघात, मधुमेह ,कलेजोमा बोसो
,मस्तिष्कघात ,घुर्ने वा निद्रामा सास रोकिने समस्या
, दम जस्ता जटिल र दिर्घरोगहरु लाग्ने गर्छ ।
यी सबै रोग आजभोलि एकदमै बढ्दै गइरहेको छ। यी सबै रोग मानिसको आल्पायुमै हुने मृत्युको प्रमुख कारण बन्न गएका छन्।

मोटोपना घटाउन कस्तो खानपान अपनाउने?

प्रशस्त मात्रामा पानी पिउने ,बढी चिल्लो भएको, प्याकेटको, फ्राई खाना नखाने,गुलियो खानेकुरा कम खाने। चक्लेट, गुलियो पेय पदार्थ (कोक, फेन्टा आदि) र चिल्लो खानेकुरा नखाने। यस्ता खानेकुराले शरीरको पेट र तिघ्रामा बोसो जम्मा हुने  गर्छ,सागसब्जी र फलफूलमा बढी जोड दिने। दैनिक बिहान र बेलुका केही फलफूल खाने,बेलुकी खाना खाइसकेपछि कम्तीमा सय कदम हिँड्ने, सकेसम्म सुत्नुअघि २-३ घन्टा पहिले नै खाना खाने,मध्यपान तथा चुरोट र सुर्तीजन्य पदर्थको सेवन नगर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *