आज मिति २०७७ साल फागुन २५ गते मंगलबार, कस्ताे छ राशिफल हेर्नुहाेस !

आज मिति २०७७ साल फागुन २५ गते मंगलबार तदनुसार सन २०२१ मार्च महिनाको ९ तारिख, फागुन कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, उत्तराषाढा नक्षत्र, एकादशी तिथी, बरियान योग, बालब करण, आज चन्द«मा मकर राशीमा रहने छ, आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५१ मिनेटबाट १२ बजेर ३८ मिनेटसम्म रहनेछ । आजको अमृत समय दिउँसोकोे १२ बजेर १४ मिनेटबाट १ बजेर ४३ मिनेटसम्म रहनेछ । आजको राहुकाल दिउँसोको ३ बजेर ११ मिनेटबाट ४ बजेर ३९ मिनेटसम्म रहने छ। राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।
(१) मेष राशी
दिन राम्रो हुनेछ शुभ समाचार आउन सक्नेछन, रोकिएका कार्यहरुले प्रगति लिनेछन्, विरोधीहरु परास्त हुनेछन्, कार्य सिद्धि, आर्थिक लाभ, आय स्रोत बढने, जागिर वा व्यवसायमा शुभ योग आएको छ, कर्म क्षेत्रमा तँपाइको कदर वा प्रशंसा हुनेछ, खोजेको व्यक्तिको सहयोग पाइने, जग्गा जमिन सवारी साधन खरीद गर्न साथै लगानीलाइ राम्रो समय छ ।
(२) वृष राशी
मेहनत गरेअनुसार फल नमिल्ने, काममा जस नपाउने, शारिरिक अस्वस्थता, पेट विकार, मानसिक अशान्ति, वादविवाद तथा असमझदारी बढन सक्ने र कुटुम्बसँग टाढिने अवस्था आउने खालको दिन छ, मुद्दा मामिला, कानूनी अडचन अथवा गरेका कामहरुमा प्रतिकुलताहरु आउन सक्ने सम्भावना छ, व्यवसायको लागि समय अनुकुल छैन । चिनामा शुभ ग्रहहरुको दशा चलेको छ भने स्थिती सुखद हुनेछ । यसको लागि एकचोटि ज्योतिषिसँग परामर्श गर्नुहोला।
(३) मिथुन राशी
समय अनूकुल नहुन सक्छ । होश पुरयाएर काम गर्नु पर्ने खालको दिन छ । आर्थिक तथा पारिवारीक समस्याले मन खिन्न हुनेछ, कार्यमा बिध्नबाधा, बिना मूल्यको श्रम गर्नुपर्ने, रोग र शत्रुले सताउने, हातहतियारबाट वा अन्य किसिमले चोटपटक लाग्न सक्ने, मानसिक छटपटि, पारिवारिक असमझदारी बढन जाने, धनको खती, रोजगारमा समस्या उत्पन्न हुन सक्ने, खर्च ज्यादा हुने योग छ, आज झगडा र विवादबाट भने बच्नुहोला,
(४) कर्कट राशी
दिन राम्रो रहने छ । पुरुषार्थ सिद्ध गर्ने अवसर मिल्नेछ, विरोधिहरु परास्त हुने, मातृ तथा भूमि सुख, स्वास्थय उत्तम हुने, वैवाहिक सुख, पारिवारिक जमघट, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, शैयया सुख, दाम्पत्य जीवनमा आनन्दमय हुने ,भोग विलास मनोरन्जनमा समय बित्ने । वस्त्र, वाहन या सौन्दय सामाग्रीहरु प्राप्त हुने अथवा खरीद हुने, धन लाभ हुने, रोकिएको कार्यहरु बन्ने छन । कार्य स्थल र व्यवसायमा सफलता प्राप्त हुने दिन छ,
(५) सिंह राशी
दिन राम्रो रहनेछ । आर्थिक लाभ, मित्र सुख, शत्रुहरु पराजित हुने, धपेडी र परिश्रम बाट धेरै हदसम्म मुक्त भइने, स्वास्थ्य राम्रो रहने, आरोग्यता प्राप्ति, आदर सत्कार र आनन्द प्राप्त हुने, उत्तम पारिवारिक तथा दाम्पत्य सुख, मुद्दा मामिला लगायत अन्य कुराहरुमा विजय प्राप्ति । कार्य स्थलमा सहयोग पाइने, विद्यार्थीहरुलाइ समय राम्रो रहनेछ । व्यवसायीहरुलाई भने दिन त्यति अनुकुल नहनु सक्छ । लगानी कार्य भने आज नगर्नु होला।
(६) कन्या राशी
ं
सचेत हुनुपर्ने समय छ । कार्य हानी, सन्तान पीडा, बन्धुबान्धव तथा आफन्तजन सँग मनमुटाव भइ पारिवारिक द्धन्द बढन सक्छ, बौद्धिक कार्यमा असफलता हात लाग्ने, धपेडी पर्ने, मन अशान्त हुने, कर्ममा गतिरोध, धन हानी हुने योग रहेको छ, स्वास्थयको ख्याल गर्नु पर्नेछ । विशेषतः पेटसम्बन्धि समस्या आउन सक्छ, अपयशको भागी हुनसक्ने दिन भएकोले आज विवादबाट टाढै रहनुहोला । लगानीलाइ आज दिन ठीक छैन ।
(७) तुला राशी
आरोप लाग्ने वा झमेला हुने खालको दिन छ, निरर्थक चिंता र बेचैनीले मन अशान्त रहन सक्छ, आत्मियजन तथा कुटुम्बमाझ अथवा नजिककाहरुसँग मनमुटाव हुने, दुख कष्ट बन्धन आदिले सताउने, शत्रुहरुले रिस गर्ने, आयमा कमी आउने, मित्र तथा भाइहरुसँग वैमनस्यता, परिवारीक र दाम्पत्य सुखमा कमी, कलह, केही कुराको अभाव, भय, कार्य बाधा जस्ता फल प्राप्त हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला। स्वास्थ्यको विशेष ख्याल गर्नुहोला विशेषतः छाती तथा छातीजन्य समस्याहरुलाई बेवास्ता नगर्नुहोला । आत्मविश्वास र साहसलाइ बलियो गरि कायम राख्नु भएमा दिन सहज हुन सक्छ ।
(८) वृश्चिक राशी
दिन राम्रो रहने छ । मन प्रसन्न हुने, आँट साहस बढने, धन वाहन तथा अचल सम्पत्तिको प्राप्ति, कार्यमा सफलता, उत्तम गृह सुख, आरोग्यता प्राप्ति, वस्त्रलाभ, मान सम्मान प्राप्ति । सुखद दाम्पत्य जीवन, मित्र सुख, शत्रुहरु परास्त हुनेछन् , नोकरीमा पदोन्नति हुने योग चलेको छ, कसै कसैलाइ छोटो दुरीको यात्रा हुन सक्ने अथवा स्थान परिवर्तनको सम्भावना पनि रहेको छ ।
(९) धनु राशी
दिन अनूकूल छैन । मनमा गलत विचारहरु आउने । आफन्त तथा बन्धु बान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, कार्यमा बिध्न बाधा हुने, व्यर्थको श्रम, खचर्मा बृद्धि, धन हानी, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने । बल, साहस, संचित धन आदिमा नकारात्मक असर पर्ने योग छ, व्यापार व्यवसायमा घाटाको सम्भावना छ । लगानीलाई समय प्रतिकूल छ, घमन्डलाई आज स्थान नदिनु होला ।
(१०)मकर राशी
दिन राम्रो छ, आरोग्यता प्राप्ति , सुख प्राप्ति, मिठो परिकारजन्य भोजन हुने, मान सम्मान बृद्धि, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ दिने तथा शत्रुहरु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन, आदर सत्कार, मित्र सहयोग जस्ता शुभ फल प्राप्त हुनेछ तँपाइका योजना र विचारहरुले मूर्त रुप लिन सक्नेछ अथवा नयाँ केही परिवर्तनको प्रयास गरिरहनु भएको छ भने भाग्यले साथ दिने योग छ,। तँपाइको कदर अरुले गर्नेछन । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ, नयाँ लगानी अथवा नयाँ शूरुवात गर्नलाई दिन राम्रो छ,
(११) कुम्भ राशी
दिन प्रतिकुल हुन सकछ । मानसिक अशान्ति अथवा छटपटि बढने । निर्णयहरु गलत हुन सक्ने, इष्र्याको भावना पलाउने आदि हुन सक्छन । घर परिवार तथा कुटुम्बबाट मतभेद विवाद या विछोड गराउन सक्छ, प्रतिष्ठित वा आफूले मान्नु पर्ने हरुसँग विवाद हुने योग भएकोले सचेत हुनुहोला, अधिक धन खर्च, परिवारमा कष्ट, दुखद यात्रा, स्वास्थ्य हानी, शारिरिक शिथिलता, पराक्रममा कमी, खर्चमा वृद्धि जस्ता प्रतिकुलताहरु हुन सकछन । पढाइ लेखाइ को साथै विद्यार्थीहरुको लागि भने दिन राम्रो हुनेछ,
(१२) मीन राशी
दिन राम्रो रहनेछ । शुभ समाचारहरु आउन सक्छन् । शरिरको जोश जाँगरमा वृद्धि , आर्थिक लाभ । शत्रु बाधा हटने । मित्र बाट फाइदा वा सहयोग प्राप्त हुन सकछ । उत्तम वस्त्र तथा परिकारजन्य भोजनको प्राप्ति । भोग विलासमा रुचि जाग्नेछ । संचित धनमा वृद्धिको योग छ। अडकिएका कार्यहरु सम्पन्न हुनेछन् । मान सम्मान मा बृद्धि, पद, सम्मानको प्राप्ति, प्रेम सम्बन्धमा सफलता । विद्यामा प्रगति। सन्तानको लागि खर्च हुन सक्नेछ । स्वास्थ्यको भने ख्याल गर्नुहोला, कसै कसैलाई नयाँ कार्यको शुरुवात हुन सक्छ अथवा आय स्रोतको नयाँ बाटो फेला पर्न सक्छ, प्रयास नछोडनुहोला।