एमाले र माओवादीको रुपमा छुटिने माधव प्रचण्ड गुटको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको फैसलाका कारण संकटमा परेको प्रचण्ड नेपाल गुट अन्तत त नेकपा माओवादी केन्द्र र नेकपा एमाले अलग अलग पार्टीका रुपमा छुटिएर जाने निर्णय गरेका छन् ।
आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताए ।
यो निर्णयसहित आजको प्रचण्ड माधव पक्षको बैठक बिदाइ बैठकमा परिणत भएको छ ।