ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ईपिएललाई भारतीय स्पोर्ट्स वेयरको साथ

काठमाडौं, फागु्न २४ । भारतीय स्पोर्ट्स वेयर कम्पनी सेभेनले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई प्रायोजन गर्ने भएको छ ।

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको कम्पनी सेभेन सह(प्रायोजकको रुपमा ईपीएलसँग जोडिएको हो । ईपीएलले सोमबार सेभेनसँग सम्झौता गरेको छ । ईपीएलका एमडी आमिर अख्तर र रिती ग्रुपका एमडी अरुण पाण्डेले सम्झौता पत्र आदान प्रदान गरे । । सम्झौतासँगै सेभेन ईपीएलमा फ्रेन्चाईज टिमको किटिङ, क्लथिङ र मर्चेनडाइज पार्टनरको रुपमा रहनेछ ।

यस्तै सेभेनले आयोजकलाई ८० लाख भारु बराबरको खेल सामग्री उपलब्ध गराउनेछ । चौंथो संस्करणको ईपीएल आगामी असोजमा आयोजना हुँदै छ । प्रतियोगिता असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *