ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुधको खोप पाउदाँ जेष्ठ नागरिक उत्साहित, भन्छन् – हाम्रो जस्तो गरिव देशमा यति छिटो खोप लगाउन पाइएले भन्ने आशा नै थिएन

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं फागुन २४ । करिव एक बर्ष पहिला नेपाल प्रवेश गरेको अदृष्य भाइरस(कोरोना भाइरस)ले धेरैको ज्यान गयो । त्यसमाथी वृद्धवृद्धाको प्रतिरक्षा क्षमता कमजोर हुने भन्दै घर बाहिर निस्कन समेत प्रतिवन्ध लगाएको थियो । त्यसै त उमेरले नेटो काटेकालाई घर भित्र बस्नु स्वभाविक जस्तो भएपनि बाहिर जानै नपाउने बाध्यताले कहिले यसको औषधी आउला भन्ने लाग्थ्यो काठमाडौंकी ८४ बर्षिय मनकुमारी गुरुङलाई । गुरुङले सोमबार विहानै सिभिल अस्पताल पुगेर कोरोना विरुधको खोप लगाएकी छन् ।

त्यस्तै जीवनको ७ दशक पार गरेका टिकाराम मैनालीलाई हाम्रो जस्तो गरिव देशमा यति छिटो कोरोनाको खोप लगाउन पाइएले भन्ने लागेको थिएन तर विहानै सिभिल अस्पताल पुगेर मेनालीले खोप लगाए । यसरी देशले यती चाडैं खोप पाएर लगाउन पाउदा खोप आफू उत्साहित रहेको उनको भनाई छ ।

गुरुङ र मैनाली मात्र हैन उनीहरु जस्तै हजारौं जेष्ठ नागरिकले आइतबारबाट कोरोना विरुधको खोप लगाउन सुरु गरेका छन् । सरकारले पहिलो चरणमा अग्रमोर्चामा खटिनेलाई कोरोना विरुधको खोप लगाएपछि आइतबारबाट दोस्रो चरणको खोप लगाउन सुरु गर्यो । देशभरका ६ हजार खोप केन्द्रबाट सम्पुर्ण जेष्ठ नागरिकलाई खोप लगाउने सरकारी योजना छ । यतिवेला सरकारले तोकेका अस्पताल तथा खोप केन्द्रहरुमा  खोप लगाउनका लागि वृद्धवृद्धाको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *