ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दाहाल- नेपाल पुनरावलोकनका लागि अदालत जादा , ओली समुह एमाले ब्युँताउने तयारीमा

/

काठमाडौं, फागुन २४ ।  सर्वोच्च अदालतको फैसला पछि दाहाल नेपाल समुह पुनरावलोकनका लागि अदालत जाने भएका छन् ।  सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने भन्दै ओली–दाहाललाई दिइएको नेकपा खारेज गर्दिएपछि दाहाल–नेपाल पक्ष निर्णय पुनरावलोकनमा जाने भएका हुन ।

सर्वोच्चको फैसला संगै दुई नेकपा एकिकरण भन्दा पहिलाको अवस्थामा फर्काएको छ । फेसलासंगै दुई पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुर्ववता अवस्थामा फर्किएको छ । यस्तो अवस्थमा ओली पक्षले सर्वोच्चको फैसलालाई स्वागत गर्दै नेकपा एमाले ब्युँताउने तयारीमा जुटेको छ । तर पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष भने फैसलाको पुनरावलोकन माग्न अदालत जाने निष्कर्षमा पुगेका छन्

सर्वोच्चको फैसलासंगै एक पार्टी छोडेर अर्कोमा गएका नेताहरुको भविश्य के हुने अन्योलपुर्ण बनेको छ । यस्तोमा कानुन व्यवसायीहरुसँगको परामर्शपछि फैसला पुनरावलोकनमा जाने निष्कर्ष उक्त समुहले निकालेको हो । जसलाई आज बस्ने स्थायी कमिटी बैठकबाट निर्णय लिनसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *