ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नारायण काजी श्रेष्ठ: सर्वौच्च फैसला संविधान, कानुन र आफूहरुको बर्खिलाप भयो

२२ फागुन, काठमाडौं । नेकपा माधव प्रचण्ड समूहका नेता नारायण काजी श्रेष्ठले अदालतको फैशला संविधान, कानुन र आफूहरुको बर्खिलाप रहेको टिप्पणि गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ मा संसद विघटन गरेसंगै नेकपाभित्रै विवाद चुलिएको थियो । सर्वौच्च अदालतले फागुन ११ गते ओलीको कदम असंवैधानिक ठहर गरेसंगै फागुन २३ गते संसद बैठक बोलाईएको थियो । तर सोही दिननै नेकपा कसको भन्ने आधिकारिकताका विषयमा सर्वौच्चले रिसि कट्टेलको नाममा फैशला सुनाईदिएपछि नेकपा आधिकारिकता दाबी गर्नेहरुनै विचल्लिमा परेका छन् ।

सरकार चलाएका छौं भन्नेहरुनै पार्टी विहिन बनेका छन् । यसै प्रसंगलाई नारायण काजीले ट्विट गरेका छन् ।

सर्वौच्च अदालतको आजको फैशला अस्वभाविक संविधान एवं कानुनको बर्खिलाप राजनीतिक आग्रह प्रेरित र गलत छ । हाम्रो गम्भिर असहमति । थप कुरा भोली बस्ने स्थायी कमिटि बैठकबाट ।  

आईतबार बसेको संसद बैठक विभिन्न पार्टीको असहमतिमा फागुन २६ गते बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *