ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्व नेकपा एमाले ब्यूताउँछौं:प्रधानमन्त्री ओली

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब पूर्व नेकपा एमाले ब्यूतिने  बताएका छन्।

आइतबार साँझ संसदीय दलको बैठकमा  बोल्दै ओलीले सर्वोच्चका दुवै फैसला आफूहरूको विपरीत र पार्टी एकताको भावना विपरित भएको बताए। साबिकको नेकपा एमाले ब्युँताएर छिट्टै केन्द्रीय समिति बैठक बोलाउने प्रधानमन्त्री निकट स्रोत बालुवाटारले जानकारी दिएको छ ।

अदालतको फैसला सधै स्वीकारेर अगाडि बढने बताउँदै प्रधानमन्त्री ओलीले पार्टी एकीकरण बदर सम्बन्धमा आज आएको फैसला पनि स्वीकार गर्ने बताएका हुन् ।


उनले कुनै राजनीतिक दलले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउने  र अपुग भएमा जिम्मेवार प्रतिपक्षी भएर भूमिका निर्वाह गर्ने बताएका छन् ।

प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *