अदालतको निर्णयले थप जटिलता ल्यायो: अधिवक्ता ओमप्रकाश अर्याल

काठमाडौं फागुन २३ । सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको तर्फ फैसला गरेसंगै राजनीतिक अन्योलता अझ चुलिएको छ ।
दुई खेमामा बाडिएको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अस्तित्व कायम रहने फैसला सुनायो । सर्वोच्चको फैसलासंगै एमाले पृष्ठभूमिका नेकपाका नेताहरु एमालेका सांसदको रुपमा रहनेछन् भने माओवादी केन्द्रका सांसदहरु माओवादी केन्द्रको सांसदको रुपमा रहनेछन् ।
तर राजनीतिक रुपमा धुर्विकरण बढेको समयमा यस प्रकारको निर्णयले दलमात्र हैन सांसदहरु पनि संकटमा परेका छन् ।
त्यतिमात्र हैन सर्वोच्चको फैसलाले राजनीतिक कोर्ष जेष्ठ २ गते तर्फ फर्काएको छ । तर यो विचमा राजनीतिक कोर्ष भने धेरै अगाडी बढेका छन् । यस्तो अवस्था दुवै नामधारी पार्टी निर्वाचन आयोगमा दर्ता छन् । यसले राजनीतिक मात्र हैन कानुनी अट्कन समेत देखिएको छ ।
संसद पुन स्थापना संगै तरङ्गित बनेको नेपाली राजनीति अझ पेचिलो बनेको छ । नामको विवाद टुङ्गिदाँ आधिकारीकता विवाद के हुने हो भन्ने विषयमा निर्वाचन आयोगले समेत निर्णय दिन सकेको छैन ।