देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,फागुन २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रा डा जागेश्वर गौतमका अनुशार देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ४ हजार १ सय ११ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा २७ जना सहित देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २ लाख ७४ हजार ७ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर कोरोनाका कारण ३ हजार १० जनाको मृत्यु भएको छ । गत चौबीस घण्टामा देशभरबाट ५८ जना निको भएका छन् । हालसम्म निको हुने संख्या २ लाख ७० हजार ८ सय ८६ जना रहेका छन्। हालसम्म निको हुने प्रतिशत ९८ दशमलव ६ प्रतिशत रहेको छ ।