संसद सचिवालयले निवेदन दर्ता गर्न नमानेपछि दाहाल- नेपालको दौडधुप

काठमाडौं फागुन २३ । नेकपा(दाहाल-नेपाल) समहुले दिएको संसदीय दलको नेता परिवर्तन समंवन्धि जानकारी सचिवालयले दर्ता गर्न मानेको छैन।
शुक्रबार १सय १५ सांसदको उपस्थितिमा बैठक बसेर पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको थियो । त्यही जानकारी अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरुले संसदका महासचिव भरतराज गौतमलाई भेटेका छन् ।
महासचिव गौतमले निर्णय दर्ता गर्न नमानेको र कानुनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको पछि नेताहरुले गौतमलाई भेटेका थिए । नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो ।
तर प्रचण्ड माधव पक्षले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् ।