नेकपाका दुवै पक्ष सत्तापक्षकै लहरमा, आजको बैठक शोक प्रस्ताव पारित गरेर सकिने
सेयर गर्नुहोस
6 - 6Shares

काठमाडौं फागुन २३ । प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ ।
नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा सभामुखले अन्य कार्यसूची नराख्न निर्देशन दिएका हुन् ।संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ ।
आज बस्ने संसद बैठकमा नेकपाका दुवै पक्ष सरकारी रोमा बस्ने भएका छन् ।
संघिय सचिवालले सत्तारुढ नेकपा विभाजन नभएको जनाएपछि दुवै समुहलाई एकै ठाउँमा बस्न प्रवन्ध सचिवादयले गरेको छ ।