ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वस्वास्थ्य संगठनले उपलब्ध गराउने कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुग्यो

काठमाडौं, फागुन २३। विश्व स्वास्थ्य संगठनले कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराउने मध्ये पहिलो चरणको खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय स्थल आइपुगेको हो ।

अक्सफोर्ड युनिभर्सिटी र बेलायती कम्पनी एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप उपलब्ध गराएको हो ।

आइतबार दिउँसो स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप बुझ्नु भएको छ ।

यो सहित उसले नेपाललाई १ करोड ३० लाख डोज खोप उपलब्ध गराउने छ ।

विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अन्तर्गत २ करोड डोज खोप पठाइएको विश्व स्वास्थ्य संगठन जनाएको छ ।

कोभ्याक्स डब्ल्यूएचओको नेतृत्वमा कम आय भएका मुलुकलाई कोरोनाविरुद्धको खोप पुर्‍याउने अभियान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *