६५ बर्ष उमेरका जेष्ठ नागरीकलाइ कोरोना विरुद्धको खोप लगाउदैं

दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि मन्त्रालयले ६ हजार खोप केन्द्र तोकेको छ । यसअघि अस्पतालहरुमा खोप अभियान सञ्चालन गरेको मन्त्रालयले दोस्रो चरणमा खोप केन्द्र नै तोकेको हो । प्रतिदिन २ देखि ३ लाख जनालाई खोप लगाइने मन्त्रालयले जनाएको छ।

काठमाडौं,फागुन २३ । कोरोना विरुद्धको खोप अभियानको दोस्रो चरण आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरण अन्तर्गत प्राथमीकतामा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना बनाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएसँगै दोस्रो चरणको खोप अभियानको सुरुवात गरेका छन् ।
खोपको उपलब्धता,स्रोत साधन र जोखिमको आधारमा आजदेखि ६५ वर्ष माथिका १७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाइने मन्त्रालयले बताएको छ । दोस्रो चरण सुरु भएको ११ औ दिनदेखि ५५ देखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइनेछ । खोप अभियानमा १५ हजार स्वास्थ्यकर्मीलाई खटाइएको छ।
