ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपाको विवाद अदालतले आज टुङ्गो लगाउने

काठमाडौं फाल्गुण २३। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामको विषयमा परेको मुद्दाको अन्तिम पैसला आज गर्ने भएको छ ।


तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि ऋषिराम कट्टेलले नाम जुधेको भन्दै २०७५ जेठ ३ मा मुद्दा दर्ता गराएका थिए ।


न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा नामको विवादको टुंगो लगाउने फागुन १३ मा आदेश गरेको थियो। सर्वोच्चले फागुन २० मा सुनाउने भनिएको निर्णय पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएपछि सरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *