ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२० प्रतिशतलाई पुग्ने कोभ्याक्स अन्तर्गत आज ३ लाख ४८ हजार डोज खोप आउने

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

२३ फागुन, काठमाडौं । नेपालमा आज थप ३ लाख ४८ हजार डोज कोभिड-१९ विरुद्दको खोप आउने भएको छ।

कोभ्याक्स फ्यासिलिटी अन्तर्गत नेपालले निशुल्क रुपमा उक्त खोप पाएको हो । नेपालको खोप लगाउने जनसंख्या मध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज कोभ्याक्सले खोप उपलब्ध गराउने छ।

उक्त खोपमध्ये पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो  खोप आइपुग्ने जानकारी दिए। उनले उक्त खोप लिन आफू पनि विमानस्थलमा जाने जानकारी दिएका छन् ।

कोभ्याक्सले हाल नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउने भएको हो । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड खोपको मात्रा विश्वका विभिन्न २० देशमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *