संसद पुन:स्थापना पछिको पहिलो बैठक: सत्तारुढ दलका दुई समूहको नाटकमा ताली पिट्दै प्रतिपक्षी
काठमाडौं फागुन २३ । पुस ५ गते प्ररधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि अन्योल ग्रस्त राजनीतिलाई फागुन ११ गतेको सर्वोच्च अदालतको फेसलाले पुर्ववत बाटोमा त ल्यायो तर संसद भित्रको खेल भने रोचकमात्र हैन हिनलाग्दो समेत बन्न लागेको छ । अस्थिरता नै विकासको बाधक भएको प्रचार गरेर करिव करिव दुई तिहाइ बहुमत लिएपनि आन्तरिक किचलो मिलाउन नसक्दाँ मुलुक पुन: अस्थिरतामा प्रवेश गरेको छ । जसको सुरुवात आजबाट हुदैं छ । अदालतको फैसला पछि प्रतिनिधि सभा पूनस्थापना गरेपछि संसदको सातौँ अधिवेशन शुरु हुन लागेको छ भने संसदको जोड घटाउ पनि सुरु भएको छ ।
नेकपा औपचारीक फुट नभएको र एक ले अर्कोलाई स्विकार समेत गर्न नसक्ने अवस्थमा रहेको समयमा प्रतिपक्षी दलले नेकपाको औपचारीक फुट पर्खिरहेका छन् । भने निर्वाचन आयोगले पार्टीको आधिकारीकता प्रदान नगर्दा नेकपा भित्रको दाहाल- नेपाल समुह अन्योलमा देखिन्छ । यसै विच उक्त समुहले प्रधानमन्त्री विरुध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी सुरु गरेको छ । प्रतिनिधि सभामा नेकपाका सभामु खसहित १७३, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसद छन् । जसमा नेकपा भित्रको ओली समुह र दाहाल- नेपाल समुहमा अहिलेसम्म एकिन सांसद खुलेका छैनन् ।
प्रतिपक्षी दलको मौनताका कारण सवै भन्दा धेरै तनावमा दाहाल- नेपाल समुह देखिन्छ । प्रतिनिधिसभा पुन: स्थापनाको ढेड हप्ता वित्दा पनि उक्त समुह कसरी जाने भन्ने विषयमा निर्णयमा पुग्न सकेको छैन । प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्दै ओलीसमुहका अधिकांस नेतालाई कारवाही गरेको उक्त समुह केही दिन पछि हट्ने अवस्था श्रीर्जना भएको छ । नेकपको प्रमुख सचेतकबाट हटाइएका दाहाल – नेपाल समुहका नेता देव गुरुङ पहिला प्रधानमन्त्रीलाई राजीनामा दिन लगाउने नभए अविश्वासको प्रस्ताव दर्ता गर्ने बताउछन् ।
यता प्रतिपक्षीको मौनतालाई प्रधानमन्त्री केपी ओलीले भने फाइदाको रुपमा ग्रहण गरेका छन् र दाहाल –नेपाल समुह माथी दवाको अस्त्रको रुपमा प्रयोग गरेका छन् । संसद बैठक बस्ने अघिल्लो दिन अर्थात हिजोमात्र ओली समुहले आह्वान गरेको संसदिय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको भन्दै ओलीले अविश्वासको प्रस्ताव सामना गरेरै अघि बढ्ने जनाएका छन् । यसरी सत्तारढ दको आन्तरिक किचलले पार्ने प्रभाव हेर्न भने अव केही घण्टामात्र बाकीं छ ।
संसद बन्दक हुन नदिने र आफ्नो भुमिका ठिक समयमा गर्ने जनाउदैं आएका प्रतिपक्षी दल भने सडक र सदन दुवैको दृष्य पान गरिरहेका छन् । औपचारिक पार्टी फुट नभइ भोली जस्तो सुकै परिस्थिति आएन सक्ने भन्दै दुवै प्रतिपक्षी कांग्रेस र जसपा पर्ख र हेरको रणनीतिमा देखिन्छन् । कमन्युष्टहरु आत्मा आलोचना गरेकै आधारमा पार्टी पुन: मिलाउन सक्ने र भोली आफैलाई अफ्ठ्यारो पर्न सक्ने भन्दै सही समयमा सहि निर्णय गर्ने जनाउदैँ आएका छन् । त्यसमाथी प्रमुख प्रतिपक्षी कांग्रेस अंकगणितमा निर्णायक शक्ति भएका कारण पनि सरकार र आगामी चूनावमा सहज बाटो हुने गरीको निर्णय लीने मनस्थितीमा छ । जस्को अर्थ नेकपाको औपचारीक फुट नै हो । बिहिबार बसेको संसदिय दलको बैठकले पनि पर्ख र हेरको रणनीति लिएको प्रमुख सचेतक बालकृष्ण खाडको भनाई छ ।
तेस्रो शक्ति जसपाले संसद प्रधानमन्त्री विरुधको अविश्वासको प्रस्ताव दर्ता भए के गर्ने भन्ने सम्म निर्णय गरेको छैन । जसपा एक्लैको समर्थनले अकगणितमा खासै प्रभाव नपार्ने भएका कारण पनि निर्णय गर्न हतार नगरेको प्रमुख सचेतक लक्षमणलाल कर्णको भनाई छ । जुन सुकै समुहलाई सहयोग गरेपनि पछि दुवै समुह मिलेर आफु पछारिने भन्दै संसदमा हुने शत्तारुढ दलका दुवै समहुका प्रस्तुती हेर्ने उनको भनाई छ । तेसैले आज ४ बजेका लागि बोलाइएको स्सद बैठक रोचक बन्ने निस्चित छ ।