ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

६५ बर्ष माथिकालाई आजबाट खाेप लगाईंदै, प्रधानमन्त्री ओलीले पनि आजै लगाउने

काठमाडौं, फागुन २३ । आज देखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैछ । कोरोना खोपको दोस्रो चरणअन्तर्गत ६५ बर्ष माथिका उमेर समूहलाइ खोप दिन लागिएको हो ।

यही उमेर समूहमा पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरूमै कोरोनाविरुद्धको खोप लगाउँदैछन । प्रधानमन्त्री ओलीले आज त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले खोप लगाएपछि नेपालमा दोस्रो चरणको खोप अभियानको सुरुवात हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अभियान ६ हजारभन्दा बढी खोप केन्द्रबाट सञ्चालन हुनेछ ।

यस चरणमा जेष्ठ नागरिकबाहेक सवारी चालक, सहचालक तथा शिक्षकहरूलाई पनि कोरोनाविरुद्धको खोप दिइनेछ । यसकासाथै १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि खोप लगाइने छ ।

त्यसैगरी आजै संवैधानिक निकायका पदाधिकारीहरुले कोरोना बिरुरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्थास्थ्य मन्त्रमलयले जनाएको छ । आजै भारतबात ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप नेपाल आउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन ।

नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आज ल्याउन लागिएको हो । मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आज नेपाल आइपुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *