ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज मिति २०७७ साल फागुन २३ गते आइतबार, हेर्नुहाेस राशिफल

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

आज मिति २०७७ साल फागुन २२ गते आइतबार तदनुसार सन २०२१ मार्च महिनाको ७ तारिख, फागुन कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य,  मूल नक्षत्र, नवमी तिथी, सिद्धि योग, तैतिल करण, आज चन्द«मा धनु राशीमा रहने छ, आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५१ मिनेटबाट १२ बजेर ३८ मिनेटसम्म रहनेछ । आजको अमृत समय बिहानकोे १० बजेर ४७ मिनेटबाट १२ बजेर १५ मिनेटसम्म रहनेछ । आजको राहुकाल दिउँसोको ४ बजेर ३९ मिनेटबाट ६ बजेर ६ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।

(१) मेष राशी

समय अस्थिर रहनेछ । मेहनत अनुसार फल पाउन गाह्रो हुन्छ, मानसिक अशान्ति, वादविवाद, किचकिच, झमेला, लफडा हुने समय चलिरहेकोले सावधान हुनुहोला, घटना र परिस्थिती प्रतिकुल हुने समय चलेको छ, परिस्थितीको बन्धनमा जकडिने स्थिती आउन सकछ, कसै कसैलाई पद तथा जिम्मेवारी बाट मुक्त सम्म हुने अवस्था आउन सक्छ , सचेत रहनु होला,  कानुनी समस्या, दन्ड जरिवाना वा बन्धनबाट सकेसम्म जोगिनु पर्नेछ, शारिरिक अस्वस्थता र पेटजन्य समस्यालाइ भने बेवास्ता नगर्नु होला।

(२) वृष राशी        

समय अनुकुल नहुन सक्छ, प्रतिकुल घटनाहरु हुन सक्ने, जस्तै व्यर्थको श्रम, धनको दुरुपयोग  मानसिक तनाव, कष्टदायी भ्रमण शारिरिक पीडा, अस्थिरता र अधैर्यता, राजभय, अपमान, मित्र घात, आफन्तजनमा कलह वा मनमुटाव, कार्यमा बिध्नबाधा जस्ता घटनाहरु हुने सम्भावना भएकोेले आज सचेत हुनुहुनु होला। कलह र विवादबाट सकेसम्म टाढा रहने प्रयास गर्नु पर्ने देखिन्छ, धनको दुरुपयोग हुने, चोरी हुने वा अत्यधिक खर्च हुन सक्नेछ । स्वास्थ्यमा पनि समस्या आउने र निरर्थक भयले ग्रसित हुने योग छ , विद्यार्थीहरुले अलि धेरै नै मेहनत गर्नु पर्नेछ भने लगानीलाइ आज थाँती राख्नु भएमा राम्रो ।

(३) मिथुन राशी

दिन राम्रो रहनेछ, लाभकारक र सुखदायी बसाइ हुने, धन लाभ हुने, निरोगिता प्राप्ति, मानसिक सुख तथा  दाम्पत्य जीवन सोचेअनुरुप हुने योग छ, भोग विलासिताका सामग्री जुटने वा भौतिक संशाधन सम्बन्धि कुराहरु खरीद हुने, दिन मनोरन्जन र रमाइलोमा बित्न सक्नेछ साथै, विशेष वा परिकारजन्य भोजन हुने सम्भावना पनि देखिएको छ, कसै कसैलाई आज अरुले मान सम्मान, प्रशंसा वा कदर गर्ने योग चलेको छ । व्यापारी र व्यवसायीलाई पनि आज दिन राम्रो रहनेछ , लगानीलाइ दिन अनुकुल छ ।

(४) कर्कट राशी

दिन उत्तम रहनेछ, भाग्यले साथ दिनेछ, आर्थिक लाभ, शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आउने छ, शत्रु तथा रिस गर्नेहरु माथि विजय प्राप्ति, कष्टबाट मुक्ति, मन सन्तुष्ट रहने र उत्साहवर्धक घटनाहरु घटन सक्छन । कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आइ सुख सन्तोषको प्राप्ति हुनेछ, महिला वर्गहरुसँग सहकार्य, भेटघाट, वार्तालाप हुने वा उनीहरुबाट लाभ प्राप्त हुने, कसै कसैलाइ आज आफनै घरमा बस्नु पर्ने स्थिती पनि आउने छ । मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । व्यवसायी, जागीरे र विद्यार्थीहरुलाइ दिन राम्रो हुनेछ । लगानीलाइ दिन अनुकुल रहनेछ ।

(५) सिंह राशी

दिन अनुकुल नहुन सक्छ । चाहिएको बेलामा भाग्यले साथ नदिएको महसूस हुन सक्छ, स्वास्थ्य स्थिती खस्कन सक्छ। गरेका कार्यमा विध्न बाधाहरु आउने, नजानिंदो किसिमले अपयशको भागि हुनु पर्ने हुनसक्छ,  मानसिक खिन्नताले आज दुखी बनाउन सक्छ, सकारात्मक सोच राखेर अघि बढेमा दिन सहज हुन सक्छ । 

(६) कन्या राशी

धैर्य कायम राख्नु पर्ने खालको दिन छ । आत्मविश्वास र साहसमा कमि आउन नदिनु होला, आफन्त, बन्धुबान्धव वा नजीकका मान्छेहरु सँग वैमनस्यता उत्पन्न हुन नदिएमा उत्तम हुनेछ, खर्चमा वृद्धि, मानसिक चिन्ता, रोगव्याधिले आक्रान्त पार्ने, मनमा डर लागिरहने अवस्था छ । कसै कसैलाई शारिरिक पीडा, धनहानी वा धन सम्पत्तिको कारणले तनाव हुने अवस्था आउन सक्छ, । कलह बाट भने बच्ने प्रयास गर्नुहोला, व्यवसायीहरुले गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ दिन अनुकुल छैन।

(७) तुला राशी

दिन राम्रो रहने छ । सुख सन्तोष मिल्ने, दाम्पत्य जीवन सुमधुर र आनन्दमय रहने, रुचाएको सामाग्री तथा भोजनको प्राप्ति, कस्मेटिक वा बस्त्र लाभ हुने, धन लाभ हुने, शत्रुहरु पछि हटनेछन् । आँट र साहसमा बृद्धि, सोचे गरेको कार्यहरुमा सफलता मिल्ने, नयाँ विचार नयाँ कुराले सकारात्मक अवस्था ल्याउन सक्छ , प्रयास जारी राख्नुहोला, गृहिणी तथा विद्यार्थीहरुको लागि समय उत्तम छ, व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ । कसै कसैलाई  सानो यात्रा वा भ्रमण हुन सक्ने योग छ । आज कुनै कार्यमा रुकावट विलम्ब आउन भने नदिनु होला

(८) वृश्चिक राशी

समय अनूकूल छैन । रुखो र प्याच्च भन्ने बानी छ भने त्याग्नु होला ।  बोल्दा होश नपुरयाएको खन्डमा अप्ठयारो स्थिती आउन सक्छ । नैतिक मूल्य तथा मान्यतामा ह्रास आउन सक्ने, धन तथा कुटुम्ब हानीको योग भएकोले विशेष सावधानी राख्नुपर्नेछ । खर्चमाथि नियन्त्रण राख्न अति जरुरी छ नत्र धन संचयमा व्यापक कमी आउनेछ । कतैबाट आउन आँटेको पैसा रोकिन सक्छ । मनमा गलत विचारहरु सलबलाउने छन । खानपानमा ध्यान दिनु पर्नेछ  नत्र स्वास्थ्यमा गडबडी आउन सक्छ । लगानीलाई समय प्रतिकूल छ । व्यापार व्यवसायका हानी को सम्भावना छ ।

(९) धनु राशी

दिन राम्रो छ, आरोग्यता प्राप्ति , सुख प्राप्ति, मिठो परिकारजन्य भोजन हुने, सकारात्मक उत्साहले मनोबल मा बृद्धि हुनेछ । तँपाइका योजना विचारहरुले मूर्त रुप लिने बेला आएको छ । प्रयास गरिरहनु भएको छ भने भाग्यले साथ दिने योग छ,। तँपाइको कदर अरुले गर्नेछन । कार्य स्थलमा लाभ, मान सम्मान प्राप्ति हुने योग छ  । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ, नयाँ लगानी अथवा नयाँ शूरुवात गर्नलाई दिन राम्रो छ,

(१०)मकर राशी

दिन प्रतिकुल रहनेछ । अनावश्यक खर्चमा बृद्धि, आत्मविश्वासमा कमी आउनेछ, गरेका कामको जस नपाउने, मानसिक अशान्ति, एन्जाइटी अथवा निद्रा सम्बन्धि समस्या आउन सक्छ, हानी नोक्सानीको सम्भावना भएकोले आज विशेष सावधानी अपनाउनुहोला । विद्यार्थीहरुको लागि भने समय राम्रो रहने छ, पढाई सम्बन्धि तथा प्रतियोगिता परीक्षा आदिको लागि दिन अनुकुल छ । आयात निर्यात सम्बन्धि व्यापार व्यवसायलाई दिन शुभ रहनेछ,

(११) कुम्भ राशी

दिन सुखमय बित्नेछ । शुभ कुराहरु हुने अवस्था छ । शरिरमा जोश र जाँगर बढने, आर्थिक लाभ हुने । मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा । उत्तम भोजन, भोग विलास वा रमाइलोमा संलग्न हुनुको साथै परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । प्रयास गरिरहनु भएको छ भने कसै कसैलाई आय स्रोतको नयाँ बाटो पनि फेला पर्न सक्छ, पहिलेदेखि शुरु भएको तर अडकिएका कार्यहरुले गति लिनेछन् । आदर सत्कार मान सम्मान मा बृद्धि, गरेका कार्यको उपलब्धि प्राप्त हुने समय पनि हो । लगानीको लागि समय उत्तम छ, परिवारको लागि पनि खर्च हुन सक्ने दिन छ ।

(१२) मीन राशी

दिन शुभ रहनेछ । गरेका काम सम्पन्न हुनेछन । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनु भएको छ भने दिन राम्रो छ । ईच्छित फल पाउने बलियो सम्भावना छ । कार्य क्षेत्रमा मानसम्मान, यश प्राप्त हुने योग छ । कुनै पुरानो कुरा सम्बन्धि शुभ समाचार आउन सक्नेछ । पिता वा पिता तुल्य व्यक्ति अथवा सरकारी पक्षबाट सहयोग प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ, भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने समय छ । कसैलाई भने कुनै कार्य सम्बन्धि धपेडि पर्ने वा व्यर्थको भ्रमण हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *