महिलाहरुको चालक मोह

२१ फागुन, काठमाडौं । देवेन्द्र प्रधान, यातायात विज्ञ नेपाल एक भौगोलिक दृष्टिकोणले पनि भुपरिवेष्टिक देश हो । नेपालको विकासको पुर्वाधारअन्तर्गत देश विकासका लागि यातायात अति आवश्यक कुरा हो । नेपाल डाँडाकाडा हारियालीहरुले भरिपुर्ण भएको देश हो ।
हिमाल , पहाड , तराई क्षेत्रमा राजमार्ग यातायातका अहिले पनि सोचे अनुसार अगाडि बढेको छैन तर वर्तमान समयमा सवारी चालक अनुमतिपत्र अहिले विशेष रूपमा राजधानी केन्द्रित जस्तो देखिए तापनि महिला पुरुष दुवै अहिले सवारी चालक अनुमतिपत्र लिनमा पनि पुरुष भन्दा महिला अग्रसरता देखिएको छ
“।पुरुषको तुलनामा महिलालाई घरायसी विभिन्न समस्या , कार्यहरु भए तापनि महिलाहरुको सवारी चालक प्रती रुचि देखिन्छ । जस्तै स्कुटर चलाउने कुरा होस् , टेम्पो चलाउने कुरा जस्ता विभिन्न सवारीहरुमा महिला चालकको सङ्ख्या बढ्दै गएको पाइन्छ । बढ्दो चालकको अनुमतिपत्र लिनमा पनि स्कुटर , कार जस्ता सवारीमा पनि महिलाहरु अग्रपंक्तिमा रहेका छन् । यो देख्दा अहिले महिलाहरूको सोच , महिलाहरुको इच्छा पनि पुरुषको कम नभएको स्पष्ट पार्छ । विद्यालयमा छोराछोरी पुर्याउने वेला होस् , कार्यलय जाने बेलामा होस् विभिन्न काम विभिन्न स्थानमा महिलाहरू आफैले सवारी चलाएर जाने गरेको हामीले नेपालको धेरै स्थानहरुमा देखिरहेका छौ । महिलाहरु सवारी चालक अनुमतिपत्र लिए पश्चात् अनुशासनमा बसेर सवारी चलाउने कुरामा होस् ,अन्य कुरामा पुरुष भन्दा बढी नियम पालना गरेको पाइन्छ ।“
नेपाल जस्तो देश त्यसमा पनि काठमाडौ राजधानीमा विशेषगरी वर्तमान समयमा धेरै भन्दा धेरै महिलाहरु अनुमतिपत्र लिने कार्यमा पनि महिलाको सङ्ख्या तीव्र गतिले बढिरहेको छ । राज्यको विभिन्न निकायहरुमा पनि महिलाहरुको ३३ प्रतिशत कोटा छुट्याइएको भन्ने देखिए जस्तै हाल नेपाल र राजधानीमा पनि महिलाहरूको अग्रसरतालाई देशको वकास पनि एक प्रकारले पाइला टेकेको छ र विकासको मेरुदण्ड मजबुत बन्दै गएको छ । महिलाहरूले सवारी चलाउदा उनीहरूको स्तर वृद्धि हुनुमा मात्र होइन समाजमा पनि यसलाई हेर्ने दृष्टिमा परिवर्तन पनि देखिएको छ । यसलाई चेतनाको रुपमा लान यदि पुरुषले जस्तै महिला पनि अझै बढी प्रयोग गर्ने हो भने नेपालमा सवारी दुर्घटना कम गराउनका लागि पनि एक पाइला थपिएको छ । नेपालमा पुरुषले चलाउने र महिलाले चलाउने कुराले पनि विकासमा एक प्रकारको टेवा पुगेको छ । महिला पुरुष एक रथका दुई पाङ्ग्राका रूपमा लिए पनि तर महिलालाई अन्य क्षेत्रमा भन्दा पनि सवारी क्षेत्रमा एक कदम अगाडि बढेको र पुरुष बराबर हुने कुरामा महिला मजबुत भएको पाइन्छ ।