मेलम्ची :४२ को सर्वे ४८ मा भट्टराईको भाषण ७७ मा ओलीले गरे उद्घाटन

काठमाडौ । बिक्रम सम्वत् २०५१ को मध्यावधि चुनावमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘काठमाण्डूको सडक मेलम्चीको पानीले पखालिदिने’ भन्दै घोषणा गरे । उक्त घोषणाको करिव साढे दुई दशक पछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको पानी सुनदरीजलमा गएर उद्घाटन गरे ।
बि.सं २०५८/५९ मा आयोजना सुरु गर्दा २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर मेचम्ची खानेपानी आयोजनाभित्र भएका बिभिन्न राजनीतिक खिच्चातानी , भ्रष्ट्रचार, अनिमितता, ठेक्केदारको लापरवाही जस्ता कारणले यो आयोजना समयमा नै सम्पन्न हुन सकेको थिएन ।
त्यसो त पूर्व सहसचिव हरिप्रसाद शर्मालाई आधार मान्ने हो भने कृष्णप्रसाद भट्टराईको घोषणा पुर्व नै २०४१ सालमा अध्ययन सुरु गरिएको थियो । गोदावरी खोलाको पानीलाई थुनेर जमाउने र प्रशोधन गरी बितरण गर्ने गरी प्रारम्भिक काम सुरु भएको थियो र बार्षिक २ अर्ब लिटर पानी जम्मा गर्न सकिने निष्कर्ष निकालिएको उनी बताउँछन् । तर उक्त परियोजना सफल नभएपछी पुन: काभ्रेको रोशी खोलाको अध्ययन गरेपनि त्यसले उपत्यकाको पानीको माग थेग्न नसक्ने निष्कर्ष निक्लिएपछी सिन्धुपाल्चोकको मेलम्ची नदीको अध्ययन सुरु गरिएको थियो ।
मेलम्चीमा जग्गाको मुआब्जा बितरण नै सवै भन्दा ठुलो समस्याको रुपमा खडा भयो । २०४२ सालमा अष्ट्रेलियाको कम्पनीले सर्वेक्षण गर्दा टनेल बाहेक अन्य बिधिबाट पानी लान नसक्ने निस्कर्ष निकाल्यो । आज त्यही ३ दशक अघिको निष्कर्षका आधारमा प्रधानमन्त्री केपी ओलीले मेलम्चीको पानी काठमाडौंमा परिक्षण गरेका हुन् ।
केपी ओली नेतृत्वको सरकार गठन भएपछी पुस ५ गतेसम्म नेतृ बिना मगरले खानेपानी तथा सरसफाई मन्त्रालय समालेदै आएकी थिइन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछी उनी राजीनामा दिन बाध्य भएकी थिइन् ।
उनी मन्त्री हुँदा मेलेम्ची आयोजनाको काम तिव्ररुपमा नै अगाडी बढेपनि आयोजनामा बिबाद भने पटक पटक अगाडी आएको थियो । मगर र तत्कालिन खानेपानी सचिव विच आयोजनाको ठेक्केदार इटालियन कम्पनी ठेक्केदार भगाएको भन्दै जुहारी नै चलेको थियो ।
संघिय संसदमा समेत मेलम्चीको पानी कहिले आउँछ भनी पटक पटक प्रश्न उठ्दा कहिले बैशाख त कहिले असार भन्दै टार्दै आएकी थिइन मगरले । गत बर्ष नै मेलम्चीको हेटवर्क लगायत सम्पुर्ण काम सकिएर कति बहाब क्षमताको पानी काठमाडौं ल्याउने बिषयमा बिवादमा थियो ।
मेलम्चीको बाँकी कामको ठेक्का पाएको इटालियन कम्पनी आयोजना छोडेर भागेपछी नेपाल इन्भेष्टमेन्ट बैंकमा ४ अर्ब रुपैयाँ भन्दा बढी रकम अलपत्र बन्दा कम्पनी परफरमेन्स अहिलेसम्म पनि सुधार हुन सकेको छैन् ।