ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पीएमकप भलिबल: पुलिसद्वारा लुम्बिनी युनाइटेड सोझो सेटमा पराजित

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

बाँके, फागुन २२ । साबिकको विजेता नेपाल पुलिस क्लबले नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा शनिबार पनि जित लयलाई निरन्तरता दिएको छ ।

दिनको दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिससामु निरीह देखिएको लुम्बिनी २५–८, २५–१२ ,२५–१४ ले पराजित भएको हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा लुम्बिनी त्रिभुवन आर्मी क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । यता पुलिसले भने शुक्रबार नै उद्घाटन खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि ३–२ को रोमाञ्चक जित हात पारेको थियो ।

शनिबारै भएको पहिलो खेलमा एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित ग¥यो । एपिएफले आर्मीलाई २६–२४,२५–२३,२५–१६,२५–२३ को सेटमा निराश बनाएको हो ।

प्रतियोगितामा साबिक विजेता पुलिससहित एपिएफ, आर्मी, लुम्बिनी युनाइटेड र न्यु डायमन्ड गरी कुल ५ टोलीको सहभागिता छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा लिगको शीर्ष स्थानमा बस्ने टोलीले उपाधि जित्नेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले नगद २ लाख, तेस्रो स्थानको टोलीले नगद १ लाख र चौथो स्थानको टोलीले नगद ५० हजार हात पार्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *