ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साथीहरु लड्डु जहाँ पायो त्यही खाने होइन ,यस्तो खास खुसीको समयमा खाने हो – प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौ शनिबार मेलम्चीको पानी काठमाडौंमा खस्ने कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कपाल कालै हुँदा सुरु भएको आयोजना कपाल फुल्दा मात्रै पुरा भएको बताए।
‘कुरा भएको त धेरै भयो’ ओलीले भने, ‘कुरा चल्दा मेरो कपाल कालै थियो । पूरा हुँदा मेरो कपाल कतै कालो रहेन ।’ आफुलाई पार्टीभित्रै बाट काम गर्न असहयोग भएको बताउदै ओलीलले लामो समय पछीको सपना आज पुरा भएको वताए ।

काठमाडौंलाई पानी दिनुभएकोमा ओलीले सिन्धुपाल्चोकवासीलाई आधार र धन्यवाद ब्यक्त गरेका छन ।

प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव समूहप्रति कटाक्ष गर्दै– जहाँ पायो त्यहीं लड्डु खाने हैन, यस्तो बेलामा खानुपर्ने वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *