ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चेम्बरको ७० औ बार्षिक उत्सबमा आयोजित दौड प्रतियोगिता सम्पन्न

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित दौड प्रतियोगिता सम्पन्न गरेको जनाएको छ ।

शनिबार बिहान भएको दौड प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको वताए ।
२००७ सालमा प्रजातन्त्रको स्थापनासँगै चेम्बरले समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै अध्यक्ष श्रेष्ठले समाजका सबै क्षेत्रहरूमा व्यवसायीहरू अग्रपंक्तिमा रहेको बताए ।

दौड प्रतियोगिताका विजयीहरू पुरस्कृत
चेम्बर स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चेम्बरको शिक्षा तथा खेलकुद समितिले आयोजना गरेको दौड प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका छन् । विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा छात्रतर्फ आदर्श सौला युवक माविका उदय लिम्बु प्रथम, नेपालय एजुकेसन फाउन्डेसनका युनिस आले मगर द्वितीय, आदर्श सौला युवक माविका प्रवीण तामाङ तृतीय भएका छन् । यसैगरी भिमोदय मोडेल स्कुलका अमृत बोट, पिस प्वाइन्ट स्कुलका ओमप्रकाश थाकर र एम्स स्कुलका अविनाश कार्कीले सान्त्वना स्थान प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *