‘एफवानसफ्ट’स्थापना भएको १७ बर्षमै बन्यो देशको सबैभन्दा ठुलो आइटी कम्पनी

काठमाडौं। नेपालमा डिजिटल वित्तीय सेवा सम्वन्धि काम गर्दै आएको एवानसफ्ट इन्टरनेशनल १८ वर्षमा प्रवेश गरेको छ ।
एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने ईन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता प्रविधिहरू निर्माण गरी नेपालका बैंक तथा बित्तीय संस्थालाई उपलव्ध गराउदै आएको छ ।
यसै कम्पनीलले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानी प्रणालीको समेत बिकास गरेको छ ।
तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवान सफ्ट गु्रपमा अहिले एक हजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको कम्पनीलले जनाएको छ।
एफवान सफ्ट ग्रुप अन्तर्गत हाल इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक जस्ता १ दर्जन कम्पनी सञ्चालनमा छन् ।
यी कम्पनीहरुले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उदेश्यले सफ्टवेयर निर्माण गर्ने गर्दै आएको कम्पनीले जनाएको छ ।
नेपालका अधिकांश बैंंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन् ।
कम्पनीले विकास गरेको मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाख भन्दा धेरै रहेका छन् । कम्पनीले आफ्नो सामाजिक उत्तर दायित्व अन्तरगत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।