ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मुलुकमा लगानीको वातारण बनेको महासंघ वरिष्ठ उपाध्यक्ष ढकालको भनाई

मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल बताएका छन् ।

शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याज दर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताएका हुन ।

बैंक तथा व्यवसायीहरुबीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले ‘अहिले बैंकको व्याज दर र आधार दर सिङ्गल डिजिटमा झरेको छ । स्प्रेड दर पनि केन्द्रीय बैंकले तोकेको दरभन्दा पनि तल झरिसकेको छ । अब तपाई हामीले बैंकलाई गाली गरेर बस्ने होइन व्यावसायिक गतिविधिहरुलाई बढाउनु पर्ने बेला आएको छ,उनले भने। ‘

मुलुकभित्र लगानी मैत्री वातावरण थप सुधार गर्दै जानको लागि अहिलेको कर तथा भ्याटको दरमा पनि विस्तारै परिमार्जन गर्दै जानुपर्ने बताएका ढकालले यसका लागि महासंघले निजी क्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकाय समक्ष आवाज उठाउनेमा जोड दिए ।

उनले निर्वाचन पछि सबै समूह एक भएर अगाडि बढ्नुको विकल्प नभएको समेत बताएका छन । ‘निर्वाचनको समयमा पक्ष तथा विपक्ष भएर निर्वाचनको मैदानमा उत्रिए पनि निर्वाचन सकिएकै दिनदेखि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने हुन्छ,उनले भने ।’

उनले जिल्ला÷नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैँले गर्न महासंघको नयाँ नेतृत्व सधै तत्पर रहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *