११५ सांसद उपस्थित भएको दाबी सहित ओली पक्षीय संसदिय दलको बैंठक सकियो

काठमाडौं । नेकपाभित्रको आन्तरिक लडाईको श्रृङखलाले नेपाली राजनीतिको महोल तातेको समयमा ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल बैठक सकिएको छ ।
बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको दावी ओली पक्ष एक सांसदको छ।
यता हिजो प्रचण्ड–माधव पक्षले पनि आफ्नो बैठकमा ११५ भन्दा बढी सांसद उपस्थित भएको दावी गरेको थियो । स्रोतक अनुसार राष्ट्रियसभाका २४ सांसद र ९१ जना सांसद प्रतिनिधिसभाको रहेको छ । प्रधानमन्त्रीले उत्साहित हुँदै यो क्रम बढ्दै जाने बताएको समेत स्रोतको दावी छ ।