ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आइतबारबाट दोस्रो चरणको खोप अभियान सुरु, भोली नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खोप लगाउने

काठमाडौं । भोलिदेखि सुरु हुने दोश्रो चरणको कोरोनाविरुद्धको खोप अभियानमा ६५ वर्षभन्दा माथिका १७ लाख नागरिकले खोप पाउने लगाउने योजना सरकारको रहेको छ ।

सरकारले फागुन २३, आइतबारदेखि देशभर कोरोनाविरुद्धको खोपको दोश्रो चरण सुरु गर्दैछ । ६५ बर्षभन्दा माथिका १७ लाख नागरिकलक्षित दोश्रो चरणको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले टिचिङ अस्पतालबाट खोप लगाएर सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ

सोही अवसरमा प्रधानमन्त्री केपि शर्मा ओलीले टिचिङ अस्पतालमा गइ खोप लगाएर दोश्रो चरणको खोपको सुरुवात गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भोली देखी प्रतिनिधिसभा बैठ्क बस्ने भएकाले केही दिन अगाडी सांसदहरुले समेत कोभिडको खोपको पहिलो भ्याक्सिन लगाएका थिए ।

खरीद, भण्डारण र प्रयोग सामर्थ्यअनुसार खोप आयात गरिएको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताए । ‘सरकारले खरिद गरेको २० लाख खोपमध्ये १० लाख खोप आइसकेको र १० लाख खोप अब केही दिनमा आउनेक्रममा छ, मन्त्री त्रिपाठीले बताए ।’

विश्व स्वास्थ्य संगठनले कोभ्याक्स अन्तरगत उपलब्ध गराउने १ करोड ३० लाख खोपमध्ये पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार खोप आउने भएको छ । खोपको उपलब्धताका आधारमा दोश्रो चरणको खोप लगाउने प्राथमिकता ५५ वर्षभन्दा माथिको उमेर समूहबाट घटाएर ६५ वर्षमाथिका उमेरसमूहका नागरिकका लागि निर्धारण गरिएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बताए ।

सेरमसँग थप ५० लाख डोज खोप खरिदका लागि प्रकृया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *