ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भ्रष्ट्रचार चरमरुपमा बढ्दा पनि अख्तियार मौन बसेको पूर्व प्रशासकहरुको निष्कर्ष

काठमाडौं । ट्रान्सपेरेन्सी इन्तरनेशनल(टीआई) नेपालले पूर्वकर्मचारी सेवा परिषद नेपालको समन्वयमा नेपालमा सार्वजनिक क्षेत्रमा आयोजित कार्यक्रममा पूर्व प्रशासकहरुले नेपालमा भ्रष्ट्रचार तिव्ररुपमा मौलाउदा समेत सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको वताएका छन् ।

पूर्वकर्मचारी परिषद नेपालले टीआई नेपाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको विरुद्धमा विज्ञेप्ति एउटा विज्ञप्ति समेत निकाल्न नसक्ने अवस्थमा पुगेको वताएका छन् ।

कार्यक्रममा बोल्दै प्राध्यापक कृष्ण खनालले नेपालमा ६ दशकमा ३ ठुला आन्दोलन भए पनि नेपाली जनताको जिवनस्तरमा खासै ठुलो परिवर्तन आउन नसकेको र सार्वजनिक प्रशासनमा झनै भ्रष्ट्रचार झागिदै गएको प्रति चिन्ता ब्यक्त गरे । ‘मुल सफा नभइ पानी सफा हुदैन त्यसैले हामी मुहान सफा गर्ने तर्फ लाग्ने समय आएको छ , उनले भने ।’

कार्यक्रममा वोल्ने अधिकांस वक्ताहरुले सरकार भ्रष्ट्रचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा निर्ममरुपमा चुकिरहेकाले अब सबैले आ-आफ्नो ठाउँबाट मूलूकमा भइरहेको भ्रष्ट्रचार अनत्य तथा सुशासन कायग गर्नका लागि खवरदारी गर्नुपर्नेमा जोड दिए ।

मूलूकमा विकास र सम्बृदिका लागि अब हरेक क्षेत्रमा नयाँ नेतृत्व र युवा आउनुपर्नेमा उनीहरुले जोड दिए । अब कक्षा ८ र १० पढ्ने नेताले मुलुकको परिवर्तनमा योगदान दिन नसक्ने उनीहको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *