ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

केपी ओली ‘कुहिएको अण्डा’ र विप्लव ‘प्रचण्ड’ बन्न नसकेको नेकपा अध्यक्ष दाहालको निष्कर्ष

नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई कहिएको अण्डाको संज्ञा दिएका छन् ।

‘अहिले प्रधानमन्त्रीजी कुहिएको अण्डा जस्तो हुनुभएको छ र, कुहिएको अण्डा एकदमै गन्हाउने भएकाले त्यसलाई गाड्न वा जलाउन पर्छ , दाहालले भने ।’

दाहालले कुहिएको बिग्रेका कम्युनिष्ट आन्दोलनहरूको बारेमा माउत्सेतुङले गरेको विष्लेषण सुनाएका थिए ।

‘एकचोटि माउत्सेतुङले बिग्रेका कम्युनिष्टहरू बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो। अण्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिन हुन्छ। धेरै चिज प्राप्त हुन्छ। तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज केही पनि हुँदैन,’ दाहालले भने, ‘कम्युनिष्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो केही पनि हुँदैन। अहिले केपी ओली कुहिएको अण्डा हो।’

विप्लव समूहसँग असन्तुष्ट भएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै दाहालले शनिबार शनिवार सो कुरा भएका हुन्।

उनले प्रतिगमन विरुद्धको आन्दोलनमा आफु बिजयी भएको समेत सुनाए । उनले आफुले त्यसलाई सफ्ट जनआन्दोलनको संज्ञा दिएको समेत स्मरण गरेका थिए ।

उनले नेत्रविक्रम चन्द अन्ततोगत्वा आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाइ दिदै चाँडै उनलाई पनि नेकपामा स्वागत गर्न आतुर गरेको वताए । ‘मैले विप्लपलाई भनेको थिए एउटै कालखण्डमा दुई वटा प्रचण्ड हुन सक्दैन् । त्यो त्यति सहज छैन् । अन्तत उहाँ फर्किनुभएको छ , उहाँलाई स्वागत छ , दाहालले भने । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *