आइतबार विश्व स्वास्थ्य संगठनले दिने कोभ्याक्सको ३ लाख ४८ हजार डोज खोप नेपाल आउँदै
सेयर गर्नुहोस
3 - 3Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने १ करोड ३० लाख खोप मध्ये पहिलो चरणमा ३ लाख ४८ हजार खोप आइतबार नेपाल आइपुग्ने स्वास्य्य मन्त्री हृदयेश त्रीपाठिले जानकारी दिएका छन् ।
सार्क राष्ट्र मध्ये पनि कोभ्याक्स अन्तरगत पहिलो चरणमा नेपाल श्रींलका र वर्माले प्राप्त गर्दै छ । यो खुसिको कुरा रहेको मन्त्री त्रिपाठीले बताए ।
कोरोना विरुद्धको खोप सहज उपलब्ध नहुने र कोरोना भाइरसले विश्वलाइ नै आक्रान्त बनाएको समयमा अझै १२० देशले खोप अभियान सुरु गर्न नै सकेका छैन । यो खोप सबैलाइ पारदर्शी उपलब्ध गराउनु पर्ने भएकोले पनि किन्न चाहे पनि नपाइने भएकोले यो विषय धेरै जटिल रहेको बताए ।