ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल आयाल निगमको थानकोटस्थित डिपोको रि-ईन्जिनियरिङ्ग कार्य सम्पन्न

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं । ०५८ साल देखि सञ्चालनमा रहेको चन्द्रागिरी नगरपालिका वडा नम्वर ३ थानकोट स्थित नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालयमा रि-ईन्जिनियरिङ्ग परियोजनाको प्रथम चरण अन्तरर्गत कार्यालय स्तरोन्नति र आधुनिककरण गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले उक्त कार्यालय उद्धघाटन गरेको छन् ।
निगमले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव तथा निगम संचालक समितिका अध्यक्ष श्री दिनेश भट्टराई,चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेपाल सरकारका सह-सचिव एवं निगम संचालक समितिका पदाधिकारि,निगमका कार्यकारी निर्देशक,निगमका नायव कार्यकारी निर्देशक,निर्देशक लगायतको उपस्थिति रहेको थियो ।

करिब १०६ रोपनी क्षेत्रफलमा फैलिएको डिपो परिसरमा डिजेल ८४०० कि.लि., पेट्रोल ६०७० कि.लि. र मट्टीतेल ७६० कि.लि. भण्डारण क्षमताका स्टोरेज ट्याङेकहरु रहेका छन्।
पछिल्लो समय पेट्रोलिय पदार्थको मागमा बृद्धि भएपनि डिपोको भण्डारन क्षमता अभिबृद्धि नगरेका कारण माग अनुसारको आपुर्ति हुन नसक्दा समस्या सृजना भइरहेको थियो ।

बढ्दो जनसंख्या, उपभोक्ताको जीवनस्तरमा आएको सुधार, सडकमार्गको विस्तार, सवारी साधनको संख्यामा भएको बृद्धि तथा यस क्षेत्रमा निरन्तर बृद्धि हुदै गईरहेको आर्थिक क्रियाकलापको कारणले गर्दा पेट्रोलियम पदार्थको मागमा बार्षिक करिब १० प्रतिशतका दरले बृद्धि हुदै गईरहेको छ । हाल औषत रुपमा दिनको करिब ७०० के.एल. पेट्रोल र ९०० के.एल. डिजल र सरदर औषत ८ के.एल. मट्टीतेल बिक्रि वितरण हुने गरेको छ ।

निगमको वार्षिक नीति तथा कार्यक्रम अन्तरर्गत यस डिपोलाई आधुनिकिकरण गरिस्तरोन्नति गर्ने उद्धेश्यले अन्तराष्ट्रिय मापदण्ड अनुसार सुरक्षाका उपाय एंव प्रविधिहरु अपनाई रि-ईन्जिनियरिङ्ग परियोजनाको प्रथम चरण अन्तरर्गत यस डिपोको पनि स्तरोन्नति गरिएको हो ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *