ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुन्दरी जलको पानी बागमतिमा बगाइदैं, अवलोकनका लागि प्रधानमन्त्री सुनदरीजल जाने

काठमाण्डौं फागुन २२ । दुई दशकको प्रतिक्षाका विच मेलम्ची खानेपानी आयोजनाको पानी आज काठमाडौंमा झर्न लागेको छ । साढे २६ किलोमिटर दुरी पार गर्दै आयोजनाको मुहानबाट फागुन १० गते सुरुङमा छाडिएको पानी आज दिउँसोसम्म सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने आयोजनाले जानकारी दिएको छ।

करिव २ देखि ४ बजेसम्ममा पानि सुन्दरी जल आइपुग्ने अनुमान गरिएको छ । सुन्दरीजलमा आएको पानीलाई बागमतिमा बगाउने समेत आयोजनाको तयारी छ । आयोजनाले पानी आउने अन्तिम विन्दुसम्म सतर्कता अपनाएको  जनाएको छ । दुई दशक पछि आउन लागेको पानिको अवलोकनका लागि प्रधानमन्त्री कपी ओली साझ ५ बजे सुन्दरीजल जाने कार्यक्रम समेत तय भउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *