ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तपाईको आजको राशिफल

आज मिति २०७७ साल फागुन २२ गते शनिबार तदनुसार सन २०२१ मार्च महिनाको ६ तारिख, फागुन कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य,  जेष्ठा नक्षत्र, अष्टमी तिथी, बज्र योग, बालब करण, आज चन्द«मा वृश्चिक राशीमा रहने छ, आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५२ मिनेटबाट १२ बजेर ३८ मिनेटसम्म रहनेछ । आजको अमृत समय बिहानकोे ९ बजेर २० मिनेटबाट १० बजेर ४८ मिनेटसम्म रहनेछ । आजको राहुकाल बिहानको ९ बजेर २० मिनेटबाट १० बजेर ४७ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।

मेष राशी

समय अनूकुल नहुन सक्छ । कार्य गर्न अल्छि लाग्ने वा ढिलाइ हुन सक्ने, धनको व्यय, मानसिक चिन्ता, शोक, कष्ट वा भयले सताउने, खानपान र स्वास्थयमा गडबडी हुन सक्ने । खर्च झगडा, विवाद र मानसिक चिन्ताबाट टाढा रहनु पर्ने खालको दिन छ, आर्थिक तथा पारिवारीक समस्याले मन खिन्न हुनेछ,  दुर्घटना वा चोट पटकबाट जोगिनु पर्ने समय छ। कसै कसैलाई रोजगारमा समस्या आउन सक्छ। प्रेमिहरुको लागि भने समय अनुकुल रहने छ ।

वृष राशी

मन प्रफुल्लित रहने छ । परिकारजन्य भोजन हुने, लाभकारक एवम् सुखदायी बसाइ हुने, विरोधिहरु परास्त हुने, शारिरिक निरोगिता पाइने, मान सम्मान वा कदर प्राप्त हुने, धन लाभ हुन सक्ने, रोकिएको कार्यहरु बन्ने छन । स्वास्थय उत्तम हुने, वैवाहिक सुख, पारिवारिक जमघट, प्रेमीहरुलाइ दिन राम्रो, शैयया सुख, दाम्पत्य जीवनमा आनन्दमय हुने , भोग विलास  रमाइलोमा समय बित्ने वा भौतिक सुख सम्बन्धि साधन वा विलासिताका सामग्रीहरु जुटने । कार्य स्थल र व्यवसायमा सफलता प्राप्त हुने दिन छ, 

मिथुन राशी

दिन अनुकुल हुन जानेछ । आर्थिक लाभ, कार्य स्थलमा सोचे अनुसार सहयोग पाइने, विवाद, झगडा, मुद्दा मामिला लगायत अन्य कुराहरुमा विजय प्राप्ति । मामा वा आफु मुनि काम गर्ने सहकर्मीको सहयोग पाइने, धपेडी, कार्य व्यस्थता वा कठोर परिश्रम बाट मक्त भइने, स्वास्थ्य राम्रो रहने, आरोग्यता प्राप्ति, आदर सत्कार र आनन्द प्राप्त हुने, पारिवारिक सुख मिल्ने, गुप्त शत्रुहरु वा विरोध गर्नेहरु पराजित हुनेछन, विद्यार्थीहरुलाइ समय राम्रो रहनेछ ।

कर्कट राशी

सावधानी अपनाउनु पर्ने खालको दिन छ । स्वास्थ्यमा गिरावट, मानसिक खिन्नता, खर्चमा बृद्धि हुनसकने, कार्यमा विध्न बाधा व्यवधानहरु आइदिन सकछ । सोचेको आँटेको काम पुरा गर्न निकै मेहनत गर्नु पर्ने, व्यर्थमा अलमलिनु पर्ने हुन सक्छ । विद्यार्थीहरुले बिशेष मेहनत गर्नुपर्नेछ, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । पारिवारिक असमझदारी बढन सक्ने, मन अशान्त रहने वा अपमान हुन सक्ने सम्भावना रहेकोले विवादबाट टाढै रहंदा राम्रो । प्रेम गर्नेहरुलाइ आज दिन ठीक छैन । धन हानी हुने योग रहेकोले लगानीलाइ पनि समय ठीक छैन ।

सिंह राशी

पराक्रममा कमी आउने, निरर्थक चिन्ता र बेचैनीले ग्रस्त गराउन सकछ , कार्य बाधा, दुख कष्ट बन्धन रोग र शत्रु वृद्धि जस्ता फल प्राप्त हुन सक्छज, पारिवारीक र दाम्पत्य सुखमा कमी रहने, आयमा कमी, धर्म कर्म देखि वितृष्णा या धार्मिक कार्यले लाभ नमिल्ने । कसै कसैलाई भ्रमण वा यात्रा गर्नु पर्ने हुन सक्छ, मान सम्मान र उपलब्धिमा कमी, शारिरिक अस्वस्थता महसुस हुन सक्छ विशेष गरि छाति, पेट वा सो भन्दा मुनिको भागमा समस्या आउन सक्छ, कसै कसैलाई आरोप लाग्ने डरले सताउने योग छ,  आज विवादको सम्भावना रहेकोले सावधानी भने अपनाउनुहोला। आत्मविश्वासलाई कायम राख्न सक्नु भएमा दिन सहज हुनेछ ।

कन्या राशी

दिन राम्रो रहने छ । भाग्यले साथ दिनेछ । आरोग्यता प्राप्ति, आर्थिक लाभ, मान सम्मान मा वृद्धि हुन सक्छ । दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु बाधा हटने । वस्त्र लाभ वा परिकारजन्य भोजनको प्राप्ति, बौद्धिक विकास हुने, नयाँ नौलो विचारहरु आउन सक्ने । कार्यमा सफलता प्राप्त हुने, मन प्रसन्न हुने, कसैलाइ छोटो दुरीको यात्राको अवसर पनि प्राप्त हुन सक्छ ।

तुला राशी

दिन सोचे जस्तो नहुन सक्छ, खर्चमा वृद्धि, विशेष गरेर संचित धनको नोक्सानी, गरेको काममा बाधा आउन सक्ने, सन्तान पक्षबाट समस्या, स्वास्थयमा गडबडीको सम्भावना भएकोले खानपानमा विशेष सतर्क रहनु होला ।  । कुटुम्बसँग मनमुटाव बढन सक्ने, कसै कसैलाई आफनो दाँत, आँखा, अनुहारमा समस्या देखिने वा त्यसले खर्च गराउन सक्छ,  विद्यार्थीहरुलाई पढाइ प्रतियोगितामा बाधा छ । व्यवसायमा सोचे जस्तो नहुन सक्छ । ग्रहले छोडने बेला भएकोले नआत्तिकन धैर्यका साथ रहनु भएमा परिस्थीति बिस्तारै अनुकुल बन्न थाल्नेछ ।

वृश्चिक राशी

दिन शुभ फलदायक रहने छ । परिकारजन्य भोजन तथा पारिवारिक जमघट हुन सक्छ । कार्य सफलता, मान सम्मान, आदर सत्कार पाइने, स्वास्थ्य उत्तम रहने वा सुधार हुने, धन, वस्त्र अथवा उपहार आदि प्राप्त हुन सक्छ । दाम्पत्य सुख, वैवाहिक सुख र  प्र्रेम को क्षेत्रमा दिन राम्रो रहनेछ । कसै कसैलाई आर्थिक लाभ वा भाग्योदयकारी घटना पनि हुन सक्छ ।

धनु राशी

सावधान रहनुहोला । नोक्सानीको सम्भावना छ । पराक्रममा कमी आउने । अशान्ति र आलस्य बढने,। खर्चमा वृद्धि । मानसिक अस्वस्थता, शारिरिक कष्ट, शोक पर्न सक्ने । चोटपटक वा दुर्घटना हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । निद्राको समस्या हुन सक्छ । विद्यार्थीहरुको लागि समय कठिन छ । कसै कसैलाई अस्पताल जानु पर्ने पनि हुन सक्छ ।

मकर राशी

दिन राम्रो रहनेछ । शुभ समाचार आउन सक्छन । शरिरमा जाँगर लाग्ने, धन लाभ, उत्तम भोजन, ईष्ट तथा बन्धुसुख, स्त्रि सुख, मित्रहरुले सहयोग गर्ने । भोग विलास र रमाइलोमा समय बित्न सक्नेछ , आय वृद्धि वा आय स्रोतको बाटो फेला पर्न सक्छ, रोकिएका कार्यहरुले गति लिनेछ, गरेका कार्यको उपलब्धि प्राप्त हुने वा नयाँ कार्यमा मन जाने योग छ, कसै कसैलाई मान सम्मान मा बृद्धि पनि दिन सक्छ । व्यापारी वर्गलाई दिन राम्रो रहनेछ,

कुम्भ राशी

दिन अनुकुल रहनेछ । कर्म क्षेत्रमा शुभ योग चलेकोले अरुले कदर गर्ने वा अरुबाट प्रशंसित भइने सम्भावना छ  । चिताएको प्राप्त हुने वा रोकिएका कामहरु बन्नेछन, विरोधिहरु पराजित हुनेछन् , भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने समय छ । पिता वा पितातुल्य व्यक्तिको सहयोग पाइने, आफूले मान्नु पर्नेहरुले सहयोग गर्नेछन, विद्यार्थीहरुको लागि भने अलि मेहनत गर्नु पर्ने दिन छ,

मीन राशी

श्रम गरे अनुसार लाभ कम मिल्ने खालको दिन छ । व्यवसाय हानी, प्रतिष्ठा हानी, बिना कारण झगडा हुने, नखाएको विष लाग्ने वा जस नपाउने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला , पेट बिकार र मानसिक समस्याले सताउन सकछ । सन्तान सम्बन्धि चिन्ता लिनुपर्ने, अथवा मतभेद हुने, कसैलाई छोटो दुरीको यात्रा अथवा निरर्थक भ्रमण पनि हुने योग छ । र्धामिक कार्यमा अरुची, समाजसेवा, सार्वजनिक कार्यमा जस नपाइन सक्छ, भए गरेका सम्बन्धहरु बिग्रन सक्ने, लफडामा परिने सम्भावना पनि देखिएकोले सावधानी अपनाउनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *