ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वका १२० मुलुकले पाएनन अझै कोरोना विरुद्धको खोप

काठमाडौं फागुन २१ । फागुन २३ गतेबाट सुरु गर्न लागीएको कोरोना विरुद्धको खोप निजी अस्पतालबाट पनि लगाउन सक्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले कोरोना फैलिएका १२० वटा देशहरुले अझै खोप अभियान शुरु गर्न नसकेको बताए ।सिमित खोपको बाबजुत पनि नेपालले सोचे भन्दा छिट्टै खोप प्राप्त गरेको जिकिर गरे । विश्वभर २४ करोड मानिसले कोरोना विरुद्धको खोप लगाएको र त्यसमध्ये १ करोड ६० लाख दक्षिण एसियाका रहेको समेत बताए ।

भारतले अनुदानमा १० लाख डोज उपलब्ध गराएपछि माघ २४ देखि खोप अभियान सञ्चालन गरेको अहिलेसम्म ४ लाख २९ हजार ७ सय ११ जनालाई खोप प्रदान गरेको छ । जसमध्ये ११ जनामा गम्भीर असर देखिएकोमा उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।

विश्वभर कोरोना महामारीले आक्रान्त बनाइरहदा विभिन्न देशहरुले ८१ वटा खोप निर्माण गरेको छ । जसमध्ये १२ वटा खोप प्रयोग भइरहेकोमा २ वटा खोपले अनुमति पाएको छ । मन्त्रीपरिषद्का मार्गदर्शन, खोपको प्रभावकारीता, खोप भण्डारणका लागि उपयुक्त, कम लागत र उपलब्धताका आधारमा सरकारले खोप छनोट तथा प्रयोगमा अनुमति दिएको मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *