ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चौबीस घण्टामा देशभर १२० संक्रमित ,८३ जना डिस्चार्ज

काठमाडौं ,फागुन २१ देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ६ हजार १ सय ४३ वटा नमुना परीक्षण गरीएकोमा देशभर १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७४ हजार ६ सय ८ जना रहेका छन् ।
देशभर कोरोनाका कारण मृत्यु हुने संख्या ३ हजार १० जना रहेका छन् । गत चौबीस घण्टामा देशभर ८३ जना निको भएका छन् । हालसम्म निको हुने संख्या २ लाख ७० हजार ७ सय ६६ जना निको भएका छन् । हालसम्म निको हुने प्रतिशत ९८ दशमलव ६ प्रतिशत रहेको छ ।
देशभर क्वारेन्टिनमा ५८ जना र संक्रिय संक्रमित संख्या ८ सय ३२ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *