ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सार्क राष्ट्रका कति नागरिकले लगाए कोरोना विरुद्धको खोप,

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

फागुन २१ काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागी एक मात्र अचुक अपाय हो । कोरोना भाइरस विरुघको खोप त्यसैले अहिले विश्वका अधिकांश देशमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहेको छ ।

नेपालमा पनि अक्सफोर्ड युनिभर्सिटि र बेलायति कम्पनि एस्ट्राजेनेकाले निर्माण गरेको र भारतको सेरम इन्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग भइरहेको छ ।
विश्व स्वास्थ्य संगठन नेपाल नेशनल प्रोफेशनल अफिसर डा राहुल प्रधानका अनुसार हालसम्म नेपालमा ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाइसकेका छन् ।

एशियामा भारतका सबैभन्दा बढी नागरिकले खोप ल गाएका छन् । उनका अनुसार भारतमा १ करोड ५६ लाखले खोप लगाइसकेका छन्।

बंगलादेशमा ३३ लाख ४ हजारले खोप लगाएका छन्। श्रीलंकामा ५ लाख ५३ हजार ८ सय २१ जनाले खोप लगाएका छन्।

माल्दिभ्समा १ लाख २३ हजार ६ सय ६५ जनाले लगाएका छन्। भुटान र अफगानिस्तानका नागरिकले भने खोप पाएका छनन्।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *