ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दोस्रो लडको खोप २ चरणमा लगाउने

फागुन २१ काठमाडौं । सरकारले यही फागुन २३ गतेबाट दोस्रो चरणको,कोरोना विरुद्धको खोप अभियान शुरु गर्दैछ । पहिलो १० दिन ६५ बर्ष माथिको र पछिल्लो १० दिन ५५ देखि ६४ बर्ष सम्मका नागरकिलाई खोप लगाइने भएपनि जटिल स्वास्थ्य समस्या जस्तै कुनै खोप लगाउदा एलर्जी हुने मुटुको रोगी ‍र औषधी सेवन गरेकाले भने खोप लगाउन नहुने जानकारहरुले बताएका छन् ।

सरकारले आइतबार देखी ५५ बर्ष माथिका नागरीक,दिर्घरोगी,औषधि पसल,विश्वविद्यालय,विद्यालय तथा सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीलाई कोरोना विरुद्धको खोप दिने भएको छ । देशभरका ६ हजार केन्द्रबाट खोप लगाइने भएकोले लक्षित समुदायलाई खोप लगाउन नछुट्न सरकारले अनुरोध गरेको छ ।

२० दिन सन्चालन हुने दोस्रो चरणको अभियानमा पहिलो दश दिन ६५ बर्ष माथीका र दोस्रो दश दिन ५५ देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई खोप लगाइने छ । खोप लगाउन जादा आफ्नो उमेर खुल्ने परिचय पत्र तथा स्थानीय निकायको सिफारिस लिएर खोप केन्द्र पुग्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरराज राजभण्डारी बताए।

सरकारले दोस्रो चरणको खोपको लागी जेष्ठ नागरीक तथा ५५ बर्ष माथिका नागरिकलाई खोप लगाउने भनिरहदा कस्ता ब्यक्तिले लगाउन हुने कस्ता ब्यक्तिले चैं लगाउन नहुने भन्ने बारे धेरैको चासोको बिषय बनेको छ । यस बारेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरराज राजभण्डारी भने यस्तो भन्छन् । जो जटिल प्रकृतिका विरामी,कुनै खोप लगाउदा एलर्जी हुने मुटुको रोगी ‍र औषधी सेवन गरेकाले भने खोप लगाउन नहुने र अरु सबैले लगाउन हुने जानकारहरु बताउछन् ।

आइतबारदेखि सुरु हुने खोप अभियानका लागि देशभर ६ हजार खोप केन्द्र तोकिएको छ । भने काठमाडौं जिल्लामा ३५ वटा खोप केन्द्र तोकिएको छ । यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी सुरक्षाकर्मी सरसफाइकर्मी,पत्रकार कुटनीतिक निकायका कर्मचारी लगायतलाई खोप लगाएको थियो ।


भने संघीय संसदका सभामुख,मन्त्री तथा सांसदका लागि फागुन १९ गते बुधबारदेखि खोप कार्यक्रम संचालन भइरहेको छ । भारतको खोप उत्पादक कम्पनीसँग २० लाख डोज खोप खरिद संझौता गरिएकोमा १० लाख डोज नेपाल भित्रिएपछि दोस्रो चरणको अभियान शुरु गर्न थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *