ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपाको मुद्दाको फैसला आइतबार हुने

काठमाडौं फागुन २१ । सर्वोच्च अदालतमा विचाराधिन नेकपाको नामको विषयको फैसला आइतबार हुने भएको छ । ऋषिराम कट्टेलले दाबी गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को फैसला आइतबार हुने भएको हो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर, निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दर्ता भएपनि आयोगले नेकपा नाम प्रदान गरेपछि कट्टेलले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए l

अदालतमा बहस सकिएको र फागुन २० गते फैसला सुनाउने निर्णय गरे पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेसँग फैसलाको मिति धकेलिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *