ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एसिड आक्रमणमा परेकी मुस्कानलाई अमेरिकी सम्मान: अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला  (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ ।

तेजाब हमला अन्त्यतर्फ भन्दै अभियान चलाएकी  मुस्कानलाई  सो पुरस्कार प्रदान गर्ने निर्णय  नेपालस्थित अमेरिकी दूतावासले गरेको हो ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्नेछन् ।

नेपालस्थित अमेरिकि राजदूतवासले भनेको छ ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन् । उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।’

शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दै आएको छ । 

मुस्कान खातुन विद्लय जाने क्रममा १५ वर्षको छँदा एक किशोरको प्रेम–प्रस्ताव अस्विकार गर्दा  तेजाब हमलाको सिकार भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *