ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सैन्य सरकारले गरिरहेको कू विरुद्ध नागगरिक आन्दोलनले शुक्रबार म्यानमार दूतावास अगाडि विरोध प्रदर्शन गर्ने

म्यानमारमा सैन्य सरकारले गरिरहेको कू विरुद्ध शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिने भएको छ ।

म्यानमारका लोकतान्त्रिक आन्दोलनकारीमाथि जारी नरसंहारविरुद्ध  बृहत् नागरिक आन्दोलनले बिहान ११ बजे नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गर्न लागेको आन्दोलनले जनाएको छ । म्यान्मारमा सैनिक ‘कु’ को विरुद्ध बुधबार गरिएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागि कम्तीमा ३८ जना मारिएका जनाइएको छ । संयुक्त राष्ट्रसंघले ३८ जना मारिएको पुष्टि गर्दै सैनिक ‘कु’ यताकै ‘रक्तपातपूर्ण’ दिन भएको दाबी गरेको छ ।

राष्ट्रसंघीय मानवअधिकार कार्यालयका अनुसार फेब्रुअरी १ को सैनिक ‘कु’ को विरोधमा त्यसयता भएका प्रदर्शनमा प्रहरीले दमन गर्दा कम्तीमा ५४ जनाको ज्यान गइसकेको छ ।  

गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारका सबैजसो सहरहरूमा विरोध प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन् । सेनाले सत्ता कब्जा गरेसँगै नेत्री आङ सान सुचिसहित नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरूलाई बन्दी बनाइएको छ । प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासन अन्त्यको माग गरिरहेका छन् ।  

७५ वर्षीया सुचीलाई मार्च १५ मा अदालत पेस गरिने जनाइएको छ । सेनाले नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको हो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *