ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सत्तारोहणको बाटो तय गर्न कांग्रेस संसदिय दलको बैंठक बस्दै

काठमाडौ । सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदिय बैठक आह्वान गरेको छ ।

संसद पुन स्थापना पछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव आएका कारण सोको विषय टुङ्गो लगाउन संसदिय दलको बैठक बस्न लागेको हो ।

यस अघि हिजो सभापति निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी, पूर्बपदाधिकारी तथा शिर्ष नेताहरुको वैठक बिना निष्कर्ष टुङ्गिएको थियो । २३ गते संसद बैठक आह्वान भएको समयमा कांग्रेसले अझै ठोस निर्णय गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *