टर्किमा सैनिक हेलिकोप्टर दुर्घटना ११ सैनिकको मृत्यु
एजेन्सी,फागुन २१ । नियमित गस्तिमा गएको सेनाको हेलिकोप्टर दुर्घटना हुँदा टर्कीमा ११ जनाको मृत्यु भएको छ ।
कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दुर्घटना ११ जना सैनिकको मृत्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमध्ये सुनाका उच्च अधिकारीसमेत रहेको बताइएको छ । सन् २०१७ मा पनि सिरिया र इराकसँगको टर्कीको सीमा क्षेत्र नजिकै दक्षिण पूर्वी सिरनाक प्रान्तमा हेलिकोप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको थियो ।